
सुर्खेत । दैलेखको आठबीस नगरपालिका वडा नं ९ को वडा अध्यक्षको लागि राजकुमार सिजापतिले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । सोमबार निर्वाचन अधिकृतको कार्यालयमा गएर सिजापतिले उम्मेदवारी दर्ता गराएका हुन् ।
वडाको बिकास र समृद्धिका लागि आफु स्वतन्त्र रुपमै भए पनि उम्मेदवारी दाबी गरेको उनले बताए । लामो समय देखि नेपाली कांग्रेसमा आवद्ध रहेका सिजापतिले पार्टीबाट टिकट नपाए पछि स्वतन्त्र रुपमा उम्मेदावरी दर्ता गराएका हुन् ।