
सुर्खेत । नेपाली कांग्रेसबाट दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकाको प्रमुखमा गणेशकुमार शाही र उप–प्रमुखमा मनसरा रेग्मीले उम्मेदवारी दिएका छन् । शाही र रेग्मीले सोमबार उम्मेदवारी दर्ता गराएका हुन् ।
सत्तारुढ गठबन्धन भित्र सहमति अनुसार चामुण्डाबिन्द्रासैनी नगपालिका एकिकृत समाजवादीको भागमा प्रमुख र उपप्रमुख कांग्रेसको भागमा परेपछि कांग्रेसले गठबन्धन तोड्दै एकल उम्मेदवारी दिएको हो ।