
सुर्खेत । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकामा ४७ पदको लागि २ सय ३६ जनाको उम्मेदवारी परेको छ । जसमा नगर प्रमुखमा ६ र उप–प्रमुखमा ७ जनाको उम्मेदवारी परेको छ । नगर प्रमुखमा नेपाली कांग्रेसबाट गशेणकुमार शाही, नेकपा एमालेबाट सूर्यबहादुर शाही, नेकपा माओवादी केन्द्रबाट जगदिश शाही, एकिकृज समाजवादीबाट मनिसा कार्की, मजदुर किसान पार्टीबाट बखत थापा र राप्रपाबाट जयबहादुर भण्डारीले उम्मेदवारी दिएका छन् ।
यस्तै उप–प्रमुखमा स्वतन्त्र उम्मेदवार इच्छा शाही, नेकपा माओवादी केन्द्रबाट कमला थानी मगर, एमालेबाट नन्दाकुमारी बिष्ट, एकिकृत समाजवादीबाट नमनकुमार शाही, नेपाली कांग्रेसबाट मनसराकुमारी शर्मा, मजदुर किसान पार्टीबाट राजकुमारी शाही र राप्रपाबाट रिता देवी शाहीको उम्मेदवारी परेको छ ।
चामुण्डाबिन्द्रासैनी नगरपालिका निर्वाचन अधिकृत सोमनाथ गौतमले प्रमुख, उप–प्रमुख, वडा अध्यक्ष, सदस्य गरेर २ सय ३६ जनाको उम्मेदवारी परेको जानकारी दिए । यस अघि चामुण्डामा सत्ता गठबन्धनको तर्फबाट एकिकृत समाजवादीको भागमा प्रमुख र नेपाली कांग्रेसको भागमा उप–प्रमुख पदको लागि सहमति भएको थियो । तर कांग्रेसले त्यसको विरोध जनाउँदै गठबन्धन तोड्दै उम्मेदवारी घोषणा गरेको थियो ।