
सुर्खेत । नेपाल दशनामी समाज वीरेन्द्रनगर, ४ सुर्खेतले जेष्ठ नागरिक तथा विभिन्न माध्यामबाट समाजमा योगदान पु¥याएका व्यात्तित्वहरुलाई सम्मान गरेको छ । आईतबार एक कार्यक्रम गर्दै संस्थाले सम्मानका साथै निःशुल्क स्वास्थ्य शिविर मार्फत स्वास्थ्य सेवा समेत दिएको छ ।
कार्यक्रमबाट ७० जना ७० बर्ष माथिका जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । यस्तै संस्थाले सुर्खेतमा रहेर विभिन्न क्षेत्रमा अतुलनिय योगदान दिएका क्रियाशिल व्यक्तिहरुलाई सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा संस्थाका सल्लाहकार मुकुन्द श्याम गिरी, श्याम भारती , राजेन्द्र देव गिरी , डा. सरोज गिरी , डा. पदम गिरी , डा. कृष्णदेव गिरी, भानुभक्त गिरी, तुलाराम गिरी लगाएत रहेका छन् ।
यस्तै पत्रकारीताबाट योगदान पु¥याएको भन्दै नेपाल पत्रकार महासंघ सुर्खेतका उपाध्यक्ष सुदिप पुरी, नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका कोषाध्यक्ष गणेश कञ्चन भारतीलाई समेत सम्मान गरिएको हो । आईतबार दिनभर सञ्चालनमा आएको शिविरबाट एक सय ४६ जनाले सेवा लिएका छन् ।
नेपाल दशनामी समाज सुर्खेतका अध्यक्ष तिर्थराज पुरीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल दशनामी समाजका पूर्व केन्द्रीय उपाध्यक्ष धर्मराज गिरी लगायतका अतिथिहरुको सहभागिता रहेको थियो ।


