सुर्खेत । अछामको रामारोशन गाउँपालिका–४ की एक सुत्केरी महिलाको उद्धार गरिएको छ । शुक्रबार अत्याधिक रक्तश्राव भई जटिल अवस्थामा पुगेकी ३५ बर्षीया अम्मकला बि.क.को राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत उद्धार गरिएको हो ।
उद्धार गरेर प्रदेश अस्पताल सुर्खेतमा थप उपचारको लागि पठाइएको स्थानीय अगुवा नन्दराज उपाध्यायले बताए । ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट वडा नम्बर ४ को वडा अध्यक्षका उम्मेदवार समेत रहेका उपाध्यायले शुक्रबार बिहान बच्चा जन्मिए पछि जटिड अवस्थामा पुगेपछि हवाईमार्फत उद्धार गरिएको बताए ।