
दोस्रो मोहन मेमोरियल बिद्यालय स्तरीय व्याटमिन्टन प्रतियोगितामा कर्णाली प्रदेशवाट सहभागि इन्केश सिंह ठकुरीले दोस्रो स्थान हासिल गर्न सफल भएका छन् । All NEPAL INTER – SCHOOL NATIONAL BADMINTON TOURNAMENT मा कर्णाली प्रदेशवाट प्रतिनिधित्व गदै सहभागि भएका ९ जना खेलाडि मध्ये ईन्केश सिंह ठकुरी दोस्रो हुन सफल भएका हुन् ।
प्रतियोगिताको महिला तर्फको खेलमा निशा सिंह र दिपिका रोकाय क्वाटर फाईनलमा पुग्न सफल भएका छन् । मोहन नेपालीको सम्झनामा वैशाख २७ देखी ३० गतेसम्म आयोजना गरिएको प्रतियोगितामा खेलको बिकास तथा बिस्तार गर्ने, स्कुलका विद्यार्थीहरुमा ब्याडमिन्टन खेल प्रति रुची जगाउने, राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिताहरुमा प्रतिस्पर्धा गर्ने उत्कृष्ठ खेलाडीहरु उत्पादन गर्ने लक्ष्य सहित प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा सातवटै प्रदेशवाट विधार्थि खेलाडिहरुको सहभागिता रहेको व्याटमिन्टन खेल प्रशिक्षक नगेन्द्र थापाले वताए ।