
नेपाली नारीहरुकाे महान चाड हरितालिका विशेष तिज गित सार्वजनिक भएकाे छ । गितकार कुमार कार्कीको रचना तथा कविराज गिरीको संगित रहेको उक्त गित श्रीनाथ फिल्मस् को ब्यानरमा निर्माण भएकाे हाे । कृपा एण्ड कृतिका प्रोडक्सनकाे सहकार्यमा निर्मित तिज कोशेली माईतिको सम्झना A1 Entertainment युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ । हुन्दु नारीहरुको महान पर्व तिजलाई बिशेष गरि गित मार्पmत माईतिलाई सम्झने, पिर ब्यथा भुलाएर रमाईलो गरिने पर्व हो । बदलिदो समयसंगै तिजको मुल संकृती हराउदै गएकाले यस बर्ष मौलिक तिज गित बजारमा ल्याएको गितकार कार्कीकाे भनाई छ ।
गितमा स्वर सुर्खेती चेली टिका पुनको रहेको छ भने अभिनय चर्चित मोडल आरुसी मगरले गरेकी छन् । गितको म्यूजिक भिडियोमा स्थानीय मौलिकतालाई बिशेष ध्यान पु¥याईएको निर्देशक निर्मल प्याकुरेलकाे भनाई छ । गितकाे नृत्य निर्देशन चन्द्र मन्दिरको रहेको छ भने सहनृत्य निर्देशन पवनकुमार योगीले गरेका छन् ।
सुर्खेतमा छायांकन गरिएकाे म्युजिक भिडियाे अर्जुन सापकोटाले खिचेका छन्, भने सम्पादन तथा कलर ग्रेडिङ्ग निर्देशक निर्मल प्याकुरेलले गरेका छन् ।