
प्रकाश उपाध्याय/जुम्ला
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले साउन २४ गते पालिकामा प्रमुख प्रशासकीय अधिकृत फेर्ने क्रममा तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिर्थ कठायतलाई समेत सुवा गर्दा असन्तुष्टि पोखेका छन् ।
छोटो समयमा बारम्बार सरुवा हुनुपर्दा अन्याय भएको भन्दै बुधबार एक ध्यानाकर्षण पत्र सार्वजनिक गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग असन्तुष्टि पोखेका छन् ।

नव नियुक्त शाखा अधिकृतहरुलाई गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिई खटाइएको कुरा स्वागत योग्य भएपनि यो पहिला स्थानीय तहमा खटाइएका प्रमुख प्रशासकीय अधिकृतलाई चलाउने क्रममा कठायतले अन्याय भएको महसुस गरेका छन् ।

’अन्य सेवा समूहका कर्मचारीले सिनियर हुँ । जुनियरसँग काम गर्दिनँ । जुनियर हाकिमको सरुवा गराउँछु भनि वर्षौ सम्म मन्त्रालय तथा शक्ति केन्द्र धाउने षडयन्त्रको चपेटामा म परेको छु,’ उनले भने ।
स्थानीय तहले पनि निमित्तसँग काम गराउन सजिलोका लागि मन्त्रालयले खटाई पठाएका प्रमुख प्रशासकीय अधिकृत हाजिर हुन बाधा अढ्चन खडा गर्ने कामहरु गर्द कर्मचारीहरु अप्ठ्यारोमा परेको उनको भनाई छ । ’पच्चिसौं वर्ष जागिर गरेँ ,दर्जनौ कार्यालयमा सरुवा भइसकेको छ र अब पनि दर्जनौं अफिसमा सरुवा हुनेवाला न छ,’ उनले भने, ’यसले मलाई र मेरो कर्म गर्ने उत्साह मारेको छैन। तर राजनीतिक पुर्वाग्रहका आधारमा कर्मचारी सरुवा गर्ने घृणित कार्यको हामी सिकार भइरहेका छौ ।’ बिना आधार इच्छा विपरीत सिनियर कर्मचारीको व्यवस्थापन तथा राजनैतिक दबावका आधारमा समय अवधि नपुगी पटक पटक सरुवा गराउने अवस्था मन्त्रालय वा कँहीकतैबाट हुनुले कयौं कर्मचारीको मनोवल गिर्ने उनले ध्यानाकर्षण पत्रमा उल्लेख गरेका छन् ।

’कर्मचारीको सरुवा एउटा स्वभाविक प्रक्रिया हो। यसमा कसैले महान उपलब्धि मान्नु पर्छ जस्तो लाग्दैन,’ उनले भने, ’सरुवा भएको जानकारी सर्वप्रथम सम्बन्धित कर्मचारी र कार्यालयलाई जानकारी हुनुपर्नेमा क्षणभरमा कर्मचारीका नेतालाई हुहुन दुःखद कुरा हो ।
मन्त्रालयले यसरी पहुच र पावरको भरमा बिभिन्न राजनैतिक दलका कर्मचारी संगठन आफ्नो मान्छेलाई फाईदा हुने गरी सरुवा गरीदिदा स्थानिय तहमा काम गर्न निकै अप्ठ्यारो हुने तातोपानि गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाँइले वताए । एउटा टिम मिलाएर कामको तयारी गरीएको हुन्छ । एक काम पुर्ण हुन नपाउदै छोटो छोटो समयमा कार्मचारी फेरी दिदा स्थानिय सरकारलाई काम गर्न गारो हुने अध्यक्ष चौलागाईले जानकारी दिए ।
तातोपानी गाउँपालिकामा रहेका प्रमुख प्रशासकिय अधिकृत तिर्थ कठायत गत असोज २७ गाते मात्र पालिकाको प्रमुख प्रशासकिय अधिकृत हाजिर भएका हुन तर उनको साउन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले साउन २५ गते हिमा गाउँपालिकामा सुरुवा गरी दिएको छ उनि तातोपानी १ कै स्थानीय बासि पनि हुन उनको ठाउँमा कोन्ज्योसोम गाउँपालिका ललितपुर बाट टेक बहादुर बुढथापा सुरुवा भई आएकाछन । आउने प्रशासकिय अधिकृतको सरुवा भएको पत्र पालिकामा आधिकारी रुपमा पुगेको छैन ब्याक्तीबाट प्रप्त भएको छ भने आउने तर कोन्ज्योसोम गाउँपालिका ललितपुरको चलानि नं ८९ को रमना पत्र छ तर उक्त पत्रमा आधिकारीक हस्ताक्षर छैन पालिका अध्यक्ष चौलागाँईले जानकारी दिए ।