
नेपाल किक बक्सिङ संघ सुर्खेतको अध्यक्षमा विनोद गिरी चयन भएका छन्। सोमवार वीरेन्द्रनगरमा सम्पन्न किक बक्सिङ संघको प्रथम अधिवेशनबाट गिरीको अध्यक्षतामा १३ सदस्यीय जिल्ला समिति गठन गरिएको हो। समितिको उपाध्यक्षमा अजय गुरुङ, कृति गुवाजु शाक्य , रवि मल्ल कोषाध्यक्षमा सुरेश गुरुङ, सचिवमा ज्ञानेन्द्र भण्डारी सह–सचिवमा याम राज शाही निर्वाचित भएका हुन् । यस्तै सदस्यहरूमा लेखत शाही,दिपेन्द्र वुढाथोकी,नरेश वुढाथोकी,नेत्र चौधरी ,हरी थापा मगर र प्रकाश पन्त चयन भएका छन्।

साथै संघको सल्लाहकारमा तेजु गुरुङ,सोना माया थापा र राम वहादुर भुषाल रहेका छन् । अध्यक्षमा चयन भएका गिरीले जिल्लामा छरिएर रहेका किक बक्सिङ खेलाडीलाई एक ठाउँमा ल्याउने र उनीहरूलाई आगामी दिनमा थप प्रशिक्षणको व्यवस्था मिलाउन आफूले पहल थाल्ने बताए । उनले भने, ‘अहिले हामी सुरुवाती चरणमा छौं । धेरै देशमा खेलिने यो लोकप्रिय मार्शल आर्ट खेललाई सुर्खेतमा स्थापित गर्न थप प्रयास गर्नेछौं ।’गिरीले किक बक्सिङमा युवाहरुलाई थप आर्कषण वढाउन समितिले तत्काल नयाँ कार्ययोजना सहित अघि वढ्ने र खेल क्षेत्रको विकासमा आफु प्रतिवद्ध रहेर अघि वढ्ने वताए । प्रथम अधिवेशन सुर्खेत जिल्ला खेलकुद विकास समितिका सदस्य सचिव जगत प्याकुरेल र नेपाल किक बक्सिङ संघका केन्द्रिय उपाध्यक्ष हरी विष्टले नयाँ समितिका पदाधिकारी तथा सदस्यहरूलाई अविर लगाउँदै कार्यसफलताको शुभकामना दिए।