सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा रहेको सिद्धार्थ शनि रिसोटको खाना अतिउत्तम वर्गको प्रमाणीकरण भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतको अनुगमन टोलीले रिसोटको किचेनको स्थलगत अनुगमन गरेर रिसोटको खानालाई “क” वर्गको अतिउत्तम स्तर निर्धारण गरी प्रमाणपत्र दिएको हो ।
खाद्य प्रविधि तथ गुण नियन्त्रण कार्यालय सुर्खेतका प्रमुख भेष बहादुर थापा सहित खाद्य प्राबिधिक, स्थानिय प्रहरी प्रशासन, उपभोक्ता मंच , नगरपालिकाका प्रतिनिधि सहितको टोलीले सिद्धार्थ होटेलमा खाना तयार पार्दा पालना अपनाएका स्वच्छताका मापडन्डहरुको अनुगमन गरेर अतिउत्तम स्तर निर्धारण गरेको होटेलका प्रबन्धक बद्री कोइरालाले बताएका छन् ।
नेपाल सरकार कृषि मन्त्रालयले खाद्य स्वच्छताका आधारमा होटेल , रेष्टुरेन्ट स्तरिकण गर्नका लागि २०७४ मा जारी गरेको निर्देशिका अनुसार अनुगमन टोलीले माघ २२ गते रिसोटको अनुगमन गरेको थियो । खाद्य स्वच्छतामा स्तरिकणका लागि किचेनको सरसफाई र फोहर ब्यस्थापन, किचेनमा खाद्य सामाग्रीको रुपमा प्रयोग हुने खाद्यान्नको उत्पादन भएको, खरिद गरेर ल्याएको र म्याद समाप्त हुने मिति अपडेट भए नभएको , खाद्य सामाग्रीहरु ताजा र बिषादी रहित भए नभएको , खानाका परिकारहरु तयार भए पछि ती खानेकुराहरुलाई तापक्रम निर्धारण गरेर राखे नराखेको , फ्रिज चिलेरहरुको तापक्रम मेन्टेन भए नभएको लगायत ५० वटा सुचांकहरु राखिएको छ ।