सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले पदभार ग्रहण गरेका छन् । उनलाई प्रदेश प्रमुख तिलक परियारले शपथ खुवाएका थिए ।
एमाले संसदीय दलका नेता कँडेलले बुधवार नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
कंडेललाई नेकपा माओवादी र एकीकृत समाजवादीको समर्थनले समर्थन रहेको छ ।