अहिले नेपाली नारिहरुको महान चाड हरितालिका तिजको रौनक बढ्दै गएको छ । ब्रत बस्ने र तिजका गितमा नाच्ने क्रम गाउँघरमा सुरु भईसकेको छ । तिजमा नाच्नका लागी तयार पारिएका तिज गित भने भड्किला र विकृति ल्याउने खालका भए भनेर आलोचना पनि हुने गरेको छ । तर हालै नेपाली जनजिब्रोमा झुण्डिने खालको एउटा नयाँ तिजको भिडियो सार्वजानिक भएको छ ।
वास्तविक तिजको आभाष दिलाउने सार्वजानिक ‘भदौरे झरी’ बोलको अडियो अवश्य तपाईको मन छुने खालको बनेको छ । पश्चिम क्षेत्रमा प्रचलित तिजको भाकालाई सर्जक तथा गायक विशाल ढकालले शब्द संगित तयार पार्नुको साथै आवाज समेत दिएका छन । विशाल संगै यो गितमा पार्वती थापाको सुमधर आवाज समावेश छ । भिडियोलाई समेत बढि रंगिचंगि र भड्किलो नबनाई सरल तवरले निर्माण गरिएको छ ।
पश्चिम नेपालको कलाको राजधानी सुर्खेतमा निर्माण भएको भिडियोमा महिला दिदिबहिनीहरुको रमाईलो सामुहिक नाचगान समावेश भिडियोलाई ललित भट्टराईले निर्देशन गरेका हुन । भिडियोमा सुनिता दहित,मनिषा रावल र नारायण मगरको आकर्षक नृत्य देख्न सकिन्छ । बिल फिल्म्सले तयार पारेको भिडियोलाई निरक केसीको छायाँङ्कन ,बुध्दिसिङ्ग ठकुरीको सहनिर्देशन छभने चानस पुन मगरले सम्पादन गरेका हुन । भिडियोलाई नेपाली दिदिबहिनीले रुचाउने र यो सालको नाचगानमा यो गितलाई बजाउनेमा विशाल ढकालले विश्वास व्यक्त गरे । हेर्नुहोस तपाई पनि यो मौलिक नेपाली तिज गितको भिडियो::