देउतीखबर सम्बादाता ,भदौ १७ सुर्खेत
नेपाल बिद्यार्थी संघ केन्द्रीय समितिले महोत्तरी जिल्लाको अति बाढी प्रभावित बदिया बन्चौकिको मुसहर बस्तीमा राहत तथा शैक्षिक सामग्री वितरण गरेको छ ।
चरम गरिबीको मारमा रहेका दलित समुदायका करिब एक सय भन्दा बढी परिवारका बाढी पीडितलाई चामल, दाल, नुन, तेल, दालमोट, कापी, कलम, झोला, झुल वितरण गरेको छ । बिपन्न बस्तीका १२० भन्दा बढी प्रभावित बिद्यार्थीका लागि ने.बि.संघले पाठ्यसामग्री वितरण अभियान सुरु गरेको थियो । आजसम्म उक्त बस्तीमा कुनै निकयाबाट पनि राहत वितरण भएको थिएन ।
प्रभावित क्षेत्रका सबै बिद्यार्थीलाइ पाठ्यसामग्री वितरण अभियान संचालन गरिएको ने.बि.संघ केन्द्रीय अध्यक्ष नैनसिंह महरले बताउनुभयो । अभियानले दश हजार बढी बिद्यार्थी लाभान्वित हुनेछन । साथै नेपाल बिद्यार्थी संघले बाढी प्रभावित क्षेत्रका बिद्यार्थी र बिद्यालयलाइ सरकारले शिक्षा क्षेत्र बिशेष सहयोग कार्यक्रम घोषणा गरि बिद्यालय पुनर्निर्माण र शैक्षिक सामग्रीको आबश्यक प्रबन्ध मिलाउनुपर्ने माग गरेको छ ।

बाढी पहिरोबाट प्रभाबित जनता र बिद्यार्थीको राहत कार्यक्रममा सक्रिय नेपाल बिद्यार्थी संघले आजसम्म ६२ लाख भन्दा बढीको राहत बितरण गरेको छ । देशका ३१ जिल्लाका १ हजार भन्दा बढी बिद्यालयका बिद्यार्थी र तिनका अबिभावकलाई खाद्यान्न, लत्ता कपडा, भाँडाकुँडा, शैक्षिक सामाग्री, त्रिपाल समेत दाताहरु र स्वयं ने.बि. संघका स्वयम्सेबकबाट संकलन गरेर बितरण गरिएको संघका मुख्य सचिब डिल्ली हमालले बताउनुभयो । राहतको पहिलो चरणको कार्यक्रमपछि औषधि बितरण र प्रभाबित सबै बिद्यार्थीलाई एउटा झोला, झोलाभित्र एक दर्जन कापी, २ वटा कलम, मन्जन र ब्रस, भ्याएसम्म एक जोर लुगा १५ हजार बिद्यार्थीलाई बितरण गरिने अभियान आजदेखी महोत्तरीबाट सुरु गरिएको छ । अभियान बाढी प्रभाबित सबै जिल्लामा केन्द्रित हुने ने.बि.संघका अध्यक्ष नैनसिंह महरले बताउनुभयो । प्राय: बिद्यालयका संरचना भत्किएर ७० बिद्यालय पूर्णरुपले क्षतिग्रस्त भएका छन् । बिद्यार्थी सँग शैक्षिक सामाग्री छैनन् भने खान र बस्नको समेत समस्या भएकोले सरकारले समस्या समाधानमा ध्यान दिनुपर्ने महरले भने । देशबिदेशका सहयोगी साथीभाईसँग सहयोगका लागि कुराकानी भएको छ । जिर्ण बिद्यालय निर्माणमा पनि ने.बि.संघ सक्रियता थाल्ने र ब्याग, कापीकलम, ड्रेस बितरण अभियानबाट कुनैपनि प्रभाबित बिद्यार्थी नछुट्ने ने.बि.संघले जनाएको छ । ने.बि.संघ केन्द्रिय अध्यक्षको नेतृत्वमा महोत्तरी जिल्लाबाट अभियान थालिएको छ ।

यसअघि ने.बि.संघ केन्द्रले बाढी प्रभाबित सबै जिल्लामा केन्द्रिय प्रतिनिधि पठाएर राहत बितरण गरेको थियो भने त्यही बेला केन्द्रिय अध्यक्ष नैनसिंह महरको नेतृत्वमा युथ एसेम्ब्लीका लागि सँयुक्त राष्ट्र सँघमा सहभागी महामन्त्री सरोज थापा लगाएतको प्रतिनिधि मण्डल बाढीपीडितलाई सहयोग गर्न अमेरिकाको न्यूयोर्कस्थित राष्ट्र सँघको मुख्यालयमा १०३ भन्दा बढी प्रतिनिधिसँग प्रस्ताब गरेको थियो ।
बाढी प्रभाबित बिद्यालय पूनर्निर्माण र बिद्यार्थीलाई शैक्षिक सामाग्री बितरण कार्य पश्चात ने.बि. संघले देशभरका सबै सार्बजनिक बिद्यालयमा ई- लाईब्रेरी अभियान थाल्ने कुरा सहमहामन्त्री अम्बिका चलाउनेले बताउनुभयो ।