
देउतीखवर सम्वाददाता , १३ असोज सुर्खेत
नेपाल विधार्थी संघका केन्द्रिय अध्यक्ष एवम् नेपाली काँग्रेसका युवा नेता नैनसिह महरले प्रदेश नं ७ सुदुरपश्चिममा रहेको जल ,जमीन र जंगलको उचित दोहन गरेर समृद्ध सुदुरपश्चिम र विकसित नेपाल वनाउने काँग्रेसको सपना पुरा गर्ने समय आएको वताएका छन् ।
कैलालिको धनगढिमा पत्रकारहरुसंग कुरा गदै अध्यक्ष महरले ४० हजार मेगावार्ट भन्दा वढि सम्भावना रहेको विधुत उत्पादन पनि ७ नम्वर प्रदेशसंग रहेकाले समृद्धिको वाटोको ढोका खोल्नुपर्ने वताए । उनले भने , कर्णाली ,पन्चेश्र सेती जस्ता नदिवाट विधुत उत्पादन गरि सुदुरपश्चिमलाई इलेक्टीक प्रदेश वनाउन सकिने समेत वताए ।
सुदुरपश्चिमका जनताको आवश्यक्ता
गेटा मेडिकल कलेजलाई प्रतिष्ठानका रुपमा विकास गरी ३ वर्ष भित्रै स्वास्थ्य उपचार लगाएत पढाईलाई सुचारु गरि जनतालाई सेवा दिने वातावरण निमार्ण गर्न नेविसंघले सरकार संग माग राखेको समेत अध्यक्ष महरले वताए । अहिलेको जस्तै कछुवाको गतिमा काम भए २० वर्ष सम्म पनि मेडिकल कलेज सुचारु ह्ुने सम्भावना नभएकाले सरकारले तत्काल प्रतिष्ठानमा परिणत गरि प्रर्याप्त वजेट विनियोजन गर्नुपर्ने वताए । नेपाली काँगेसका पार्टि सभापति शेर वहादुर देउवाको नेतृत्वमानै सुदुरपश्चि र सम्रग देशले काँचुली फेर्ने वताए । अध्यक्ष महरले सुदुरपश्चिम र मध्यपश्चिमाञ्चल विश्वविधालय लाई प्रर्याप्त वजेटको व्यवस्था गर्नुपर्ने वताए । उनले यस क्षेत्रका सवै क्याम्पसहरु आंगिक भैसकेको अवस्थाले पनि यो क्षेत्र शैक्षिक प्रगतिको पथमा अगाडि वढ्ने कुरा वताए । एक अर्को प्रशंगमा अध्यक्ष महरले एमालेको अन्धराष्टवाद र मधेस केन्द्रित दलको अतिवादलाई नेपाली जनताले तिरस्कार गरेर स्थानीय चुनावमा नेपाली काँग्रेसलाई सवैभन्दा वढि मत दिएको समेत वताए ।