कार्तिक २३,सुर्खेत
सुर्खेतमा ‘मिस सुपर मोडल सुर्खेत २०७४’ आयोजना हुने भएको छ । निल इभेन्ट र मेनेजमेन्टले प्रतियोगिताको आयोजना गर्न लागेको हो । आईतवार देखि सुरु हुने प्रतियोगिताले सुन्दरताप्रति रुचि भएका युवापुस्तालाई बाहिर ल्याउने उद्देश्यका साथ कार्यक्रमको आयोजना गर्न लागिएको जानकारी दिएको छ ।
प्रतियोगितामा प्रथम हुनेलाई एउटा स्कुटर उपहार दिइने आयोजनकले जनाएको छ । प्रतियोगितामा सहभागी हुने प्रतियोगिले निशुल्क रुपमा आवेदन फर्म भर्न पाउनेछन् भने तालिमका लागि दश हजार रुपैया लाग्ने आयोजनकले जानकारी दिएको छ । १५ देखि २४ वर्षका उमेर समूहले प्रतियोगितामा भाग लिन सक्नेछन् । प्रतियोगिताको मंसिर १६ गते फाइनल राउन्ड हुने आयोजकले जानकारी दिएको छ ।