शुभाकर विश्वकर्मा,मुगु
जुम्ली साहित्यकार खडानद्य चौलागाईको तेस्रो कृति मझेरीबाट हेर्दा कर्णालीको आज एक भव्य कार्यक्रमका वीच लोकार्पण गरिएको छ । कर्णालीको समग्र वस्तुस्थिति समेटिएको उक्त पुस्तक नेपाल प्रज्ञा प्रतिष्ठान कमलादि काठमाडौमा लोकार्पण गरिएको हो । उक्त पुस्तकको नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा. डा जिवेन्द्र देव गिरीले गर्नु भएको हो ।
पुस्तकमा कर्णालीको सास्कृतिक, प्राकृतिक, भौगोलिकm ऐतिहासक, भाषिक, शैक्षिक र साहित्यिक विषयवस्तु समेटिएको लेखक चौलागाईले जानकारी दिए । उनले उक्त पुस्तकको अहिले पनि राज्यको सौतेनी व्यावहार खेपिरहेको कर्णालीको एक विकट व्यक्तिले २०३५ सालमा तुमाखु लगाएर कर्णालीमा समृद्धि सम्भव छ पुष्टि गरेको प्रसंगबाट उक्त पुस्तकको उठान गरिएको बताए । शैक्षिक क्षेत्रका सरकारी जागिरे समेत रहेका साहित्कार चौलागाई तातोपानी गाउँपालिका ५ का स्थाई वासिन्दा हुन । उनले यसअघि कर्णालीको परिचय र कर्णाली निवन्ध संग्रह प्रकाशन गरिसकेका छन् । लेखक खडा नन्द चौलागाई अहिले जिल्ला शिक्षा कार्यालय जुम्लामा विद्यालय निरिक्षक रुपमा कार्यरत छन् । आजको पुस्तक लोकार्पण कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव गिरी सहित सस्कृतिविद डा. जगमान गुरुङ्ग, विज्ञ डा. सुरेन्द्र केसी कर्णाली मामिलाका विज्ञ डा. नन्द बहादुर सिंह र कर्णालीका वरिष्ठ पत्रकार प्रेम कैदी र लोक देउडा गायक नन्दकृष्ण जोशीको सहभागिता रहेको थियो ।