फागुन १६ ,सुर्खेत
सिरियामा भैरहेको नरसंहार र बमबारीको विरोध,मृतकहरुको सम्झना तथा घाइते हरुमा स्वास्थ लाभको कामना सहित सुर्खेतको पिपिराचौकमा दिप प्रज्ज्वलन गरिएको छ ।
सुर्खेतको बेलघारी पिपिरा स्थित सुर्खेत मुस्लिम समाजका युवाहरुले उक्त घटनाको विरोध गर्दै बुधबार साँझ मृतको सम्झनामा दिप प्रज्वलन गरेको हो । उनीहरुले सिरियामा भैरहेको पछिल्लो आक्रमणको विरोध समेत गरेका थिए ।
शान्ति स्थापनाकालागि संयुक्त राष्ट्रिसंघले ध्यानन दिनुपर्ने युवाहरुको भनाई थियो । विभिन्न सञ्चारमाध्याममा आईरहेका दृष्यहरुले सिरिया घटनाले वालकालिकाहरु बढी प्रभावित भएको र आक्रमणको निशानामा परिरहेको भन्दै उनिहरुले यस्ता घटना रोकिनुपर्नेमा जोड दिए ।
उनीहरुले मृतको चिर शान्तिको कामना समेत गरेका छन् । वालबालिकाको विभत्स हत्या भैरहेकाले रोकिनुपर्ने माग समेत गरेका छ्न ।