असाढ १ ,सुर्खेत
कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७५ र ०७६ का लागि भौतिक पुर्वाधार , उर्जा ,पर्यटन तथा रोजगारीलाई प्राथमिकतामा राखेर २८ अर्व २८ करोड २८ लाख २८ हजार रुपैयाको वजेट प्रस्तुत गरेको छ ।
आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले आज प्रस्तुत गरेको वजेटमा चालूतर्फ ६ अर्ब ६३ करोड ८४ लाख ८५ हजार रुपैयाँ र पुँजीगततर्फ २१ अर्ब २४ करोड ४३ लाख ४३ हजार रुपैयाँ विनियोजन गरिएको छ । वजेटमा पूँजीगत तर्फ तेव्वर वढि वजेट विनियोजन गरिएको छ ।
वजेटमा प्रत्येक निर्वाचन क्षेत्रमा ५ करोड रुपैयाँ पर्ने गरी १ अर्ब २० करोड रुपैयाँ, प्रदेश राजधानी पूर्वाधार कार्यक्रमका लागि ११ करोड, अन्तर प्रादेशिक जोड्ने सडकका लागि १ अर्ब २८ करोड रकम विनियोजन गरिएको छ ।
आगामी आर्थिक वर्षको लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजस्वबाट ५० करोड रुपैयाँ, चालू आर्थिक वर्षको बाँकी रहन जाने अनुमानित रकम ५० करोड रुपैयाँ, संघीय सरकारबाट राजस्व बाँडफाँडवापत प्राप्त हुन आएको रकम ५ अर्ब ५१ करोड ६६ लाख १५ हजार रुपैयाँ र वित्तीय समानीकरण अनुदानबाट प्राप्त हुन आएको ९ अर्ब १३ करोड १४ लाख रुपैयाँ र सःशर्त अनुदानबाट ६ अर्ब ६३ करोड ४१ लाख ५० हजार रुपैयाँ परिचालन गरिने छ । त्यसैगरी, समपूरक र विशेष अनुदानबाट ५ अर्ब रुपैयाँ प्राप्त हुने र नपुग १ अर्ब रुपैयाँ आन्तरिक ऋण परिचालनबाट व्यहोर्ने वजेटमा उल्लेख गरिएको छ ।