असार ३, सुर्खेत
पेट्रोलियम पदार्थको मूल्य वृद्धि तत्काल फिर्ता लिनुपर्ने माग राख्र्दै नेपाल विद्यार्थी संघ सुर्खेतले आज मध्यपश्चिम बिश्वबिद्धालय गेट अगाडि १ घण्टा चक्काजाम गरेको छ ।
चक्काजाम कार्यक्रममा नेबिसघ मध्यपश्चिम बिश्वबिद्धालय समितिका अध्यक्ष यज्ञ रामजालिले सरकारले पटकपटक पेट्रोलियम पदार्थको मूल्य वृद्धिको बिरोध गर्दै आएका बिद्यार्थीमाथि गरेको दमन र धरपकडप्रति आपत्ती व्यक्त गरे । उनले सरकारले दमनकारी नीतिको बिरोध गर्दै स्वतन्त्र रूपमा आन्दोलन गरेका विद्यार्थीहरुलाई धरपकड र आक्रमणमा उत्रिने प्रहरी अधिकारीमाथि बिभागिय कारवाही गर्न माग गरे ।
नेविसंघ सुर्खेतका कार्यबाहक अध्यक्ष गौतम बि सि ले पेट्रोलियम पदार्थको मुल्यवृद्धि फिर्ता नहुन्जेल सम्म आन्दोलन जारी रहने बताए । उनले कृत्रिम मूल्यवृद्धि गरी जनताको जनजीवन थप कष्टकर बन्दै गइरहेकाले तत्काल मुल्यवृद्धि फिर्ता लिन माग गरे ।
यस्तै मध्यपश्चिमाञ्चल विश्वविद्यालयका स्ववियू कोषाध्यक्ष सुशील भट्टराई ले सरकारले दुई तिहाइ बहुमतको दम्भ सहित प्रहरी प्रशासन मार्फत विद्यार्थीहरु माथी आक्रमण गर्न लगाउनु निन्दनीय कार्य भएको बताए ।
बिरोध कोण सभामा नेबिसघका केन्द्रिय सदस्री अनिल बहादुर शाहिले सरकारले शान्तीपूर्ण आन्दोलनलाई दमन गर्न खोजेकोले त्यस विरुद्ध कडा प्रतिकारमा उत्रिने बताए ।