सुर्खेत
रत्न रागमार्गको सुर्खेत नेपालगञ्ज सडक खण्डको ठूलो ब्यूरेनीमा बस दुर्घटनाहुँदा १३ यात्रु घाइते भएका छन् । सुर्खेतबाट नेपालगञ्ज र नेपालगञ्जबाट दैलेख जाँदै गरेको बस शनिवार दिउसो दुई बस ठोक्कीदा उनीहरु घाइते भएका हुन् ।
घाइतेहरुको माया नर्सिङ्ग होममा उपचार भइरहेको छ । नेपालगञ्जबाट दैलेख जाँदै ना ४ ख ७०२४ नम्बरकाे बस र सुर्खेतबाट नेपालगञ्ज जाँदै गरेकाे बा ३ ख ६२१२ नम्बरकाे बस ब्यूरेनीकाे माेडमा ठाेक्कीएकाे जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी बसन्त रजाैरेले जानकारी दिए ।
दुर्घटनाकाे कारण भने नखुले पनि प्रहरीले अनुसन्धान अघि बढाएकाे एसपी रजाैरे बताए ।