सुर्खेत ।
यातायात व्यवसायि संघले पेट्रोलियम पदार्थको मुल्य बृदि गरेको भन्दै बुकिड नखोल्ने निर्णय गरेपनि यात्रुहरुको सुविधालाई मध्यनजर गदै काँक्रेविहार यातायात व्यवसायी संघ सुर्खेतले काठमाडौंबाट कर्णाली प्रदेशको राजधानी सुर्खेत आउन अग्रिम टिकट बुकिङ्ग खुला गरेको छ । अन्य यातायात व्यवसायि समिति र प्रालिहरुले टिकट बुकिङ्ग नखोलिरहेको बेला दशैँ र तिहार मान्न कर्णाली आउने यात्रुरुहरुका लागि काक्रेविहार यातायात समितिले शुक्रबारदेखी टिकट बुकिङ्ग खुला गरेको हो ।
काक्रेविहार यातायात व्यवसायि संघका सचिव रमेश सापकोटाले दशैँ र तिहारमा घर जान चाहने यात्रुहरुको सेवा सुविधालाई मध्यनजर गदै समितिले शुक्रबारदेखी अग्रिम टिकट बुकिङ्ग खुला गरेको वताए । उनले महान पर्व दशैंको मुखैमा विभिन्न माग राख्दै वन्द गर्दा यात्रुहरुलाई असर पर्ने भएका कारण वुकिड खुल्ला गरिएको वताए । आन्दोलनको विभिन्न विकल्प रहेकाले महासंघको निर्देशन भन्दा ठुलो यात्रुहरुको अधिकार र सेवा सुविधालाई ध्यानमा राख्दै अग्रिम टिकट बुकिङ्ग खुला सापकोटाले वताए ।
काक्रविहार यातायात व्यवसायि संघले काठमाडौंबाट सुर्खेत, जाजारकोट, रिम्ना, राडी, मालारानी र दैलेख आउने यात्रुहरुले काठमाडौं बसपार्कस्थित टर्मिनल भवनबाट टिकट बुकिङ्ग गर्न सकिने समितिले जनाएको छ ।