सुर्खेत- कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगरमा सम्पन्न प्रथम मुख्यमन्त्री रनिङ सिल्ड भलिबल प्रतियोगिताको उपाधि पुरुष तर्फ रुकुम पश्चिम र महिला तर्फ कालिकोटले जितेको छ। फाइनलमा रुकुम पश्चिमले सल्यानलाई ३-१ को सोझो सेटमा हराउदै उपाधि उचालेको हो। रुकुमले सल्यानलाई पहिलो सेटमा २८-२६ दोस्रो सेटमा २५ -१९ र तेस्रो सेटमा २५-२३ को स्कोरमा पराजित गरेको हो। शुरुमा क्वाटर फाइनमा रुकुमलाई सहजै जितेको सल्यानले फाइनलमा राम्रो प्रदर्शन गर्न सकेन र सल्यान उपविजेतामा सीमित भयो। यसैबीच तेस्रो स्थानका लागि भएको खेलमा दैलेखलाई हराउँदै सुर्खेत पुरुष भलिबलको तेस्रो स्थानमा चित्त बुझाएको छ। पुरुष तर्फ प्रथम भएको रुकुमले १ लाख, द्बितीय भएको सल्यानले ७५ हजार तथा तृतीय भएको सुर्खेतले ५० हजार पुरुस्कार प्राप्त गरेका छन्। यस्तै महिला तर्फ भने कालिकोटले उपाधि उचालेको छ। फाइनलमा रुकुम पश्चिमबिरुद्ध सहजै जित हासिल गर्दै कालिकोटले उपाधि चुमेको हो। महिला तर्फ प्रथम भएको कालिकोटले १ लाख, रुकुमपश्चिमले ७५ हजार तथा दैलेखले ५० हजार रकम प्राप्त गरेका छन्। प्रतियोगितामा पुरुष तर्फको उत्कृष्ठ खेलाडी रकुम पश्चिमका डाइमण्ड खड्का घोषित भएका छन्। उनले तीन हजार ५०० प्राप्त गरे भने महिलातर्फ कालिकोटका पुष्पा शाही उत्कृष्ट खेलाडी घोषित भइन्। कर्णाली प्रदेशमा प्रदेश सरकार गठन भएपछि प्रदेशको सामाजिक विकास मन्त्रालयले पहिलो पटक मुख्यमन्त्री पुरुष र महिला भलिवल प्रतियोगिता आयोजना गरेको हो।
यसैबीच खेलको समापन्न गर्दै कर्णालीका आर्थिक मामिला तथा योजाना मन्त्री प्रकाश ज्वालाले यसक्षेत्रको खेलको विकासका लागि खेलुकुदमा लगानी गर्नुपर्नेमा जोडदिनुभयो।
उहाँले सिमित स्रोत र साधनका विच पनि कर्णालीमा खेलकुदमा राम्रो भएको भन्दै उहाँले खेलमैदानको विस्तार गर्नुपर्ने बताउनुभयो।
कार्यक्रममा कर्णालीका सामाजिक मन्त्री दल रावलले कर्णाली प्रदेशलार्इ खेलकुदको क्षेत्रबाट पहिचान गराउने भन्दै अव भौतिक संरचनाहरु निर्माण कार्य शुरु गर्ने बताउनुभयो।
उहाँले आफहुरु खेलकुद सम्बन्धिको ऐन ल्याउन लागेको भन्दै आउदो आर्थिक बर्षदेखी अन्तरप्रदेश स्तरिय खेलकुद प्रतियोगिता संञ्चालन गरिने बताउनुभयो।
समापन्न कार्यक्रममा कर्णाली प्रदेशका १० जिल्लाका खेलाडी खेलकर्मी लगायत विभिन्न क्षेत्रका पुमख एवम प्रतिनिधिहरुको सहभागित रहेको थियो।