विद्यार्थिहरुले टिसर्ट र वार्षिकोत्सव निमन्त्रणा लेखिएको व्यानरसमेत जलाएका छन । काठमान्डौस्थित कलेजले सरकारी बिश्वविद्यालयको बार्षिक उत्सवको अवसरमा गरिने विभिन्न क्रियाकलापहरुमा टिसर्ट प्रायोजन गरेको प्रति विद्यार्थी संघ/संगठनहरुले कडा आपत्ती प्रकट गर्दै आन्दोलन गरेका हुन ।
काठमाडौंमा संचालन भएको उक्त नीजि कलेजको विज्ञापन हुने गरी विश्वविद्यालयलाइ टि–सर्ट सौजन्य दिएको विद्यार्थीहरुको भनाई छ । संयुक्त विद्यार्थी संगठनको नेतृत्वमा विश्वविद्यालयमा आन्दोलन गरिएको हो । विद्यार्थी संगठको तर्फबाट आन्दोलनको नेतृत्व गरिरहेका स्ववियु सभापति झक्कबहादुर शाहीले विश्व विद्यालय जुन उद्देश्य अनुसार स्थापना भएको हो त्यो उद्देश्य अनुरुप सञ्चालन नभई विश्व विद्यालयका पदाधिकारीहरुको मनोमानी तरिकाले चलिरहेकोले गर्दा आफुहरुले आन्दोलन गर्नु परेको बताए । आन्दोलका क्रममा प्रहरी जवान सुरेन्द्र महत घाइते भएका छन भने, केही विद्यार्थीहरु पनि घाइते भएका छन । आन्दोलनका क्रममा विद्यार्थी संघ/संगठनका केहि नेताहरुलाई प्रहरीले पक्राउ समेत गरेको छ ।
आन्दोलनको क्रममा अनेरास्ववियु जिल्ला अध्यक्ष धुपेन्द्र बहदुर शाही, नेविसंघका केन्द्रिय सदस्य हरी शर्मा , अखिल क्रान्तिकारी केन्द्रिय सचिब अमर जङ शाही, अनेरास्ववियु केन्द्रिय अनुसासन आयोग सदस्य नवीन योगि, नेबिसंघ नेता राजन क क, न्युटन ओलि, अनेरास्ववियु नेता महेन्द्र थाप, सरोज नेउपाने, गणेश शाही, चित्र सुनार, तिर्सना हमाल र ममता अधिकारीलाई भरत गौतम लगाएत १६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
अनेरास्ववियूद्धारा गिरफ्तार विद्यार्थीलाई अबिलम्ब रिहा गर्न माग
अनेरास्ववियूले मध्यपश्चिम विश्वविद्यालयको स्थापना दिवसको कार्यक्रम स्थलबाट पक्राउ परेका विद्यार्थी नेताहरुलाई तत्काल रिहा गर्न माग गरेको छ । अनेरास्ववियूका संयोजक ऐन बहादुर महर र सहसंयोजक रन्जित तामाङ्गद्धारा संयूक्त रुपमा हस्ताक्षरित विज्ञप्तीमा पक्राउ गरीएका विद्यार्थि नेतालाई तत्कारल रिहा गर्न माग गर्दै विद्यार्थी माथी गरीएको दमनको भत्सर्ना गरिएको छ ।
मध्यपश्चिम विश्वविद्यालयको स्थापना दिवसको शुभकामना दिदै विज्ञप्तीमा विश्वविद्यालय जस्तो प्राज्ञिक थलोले प्रायोजनको नाममा निजि क्याम्पसको विज्ञापन हुने गरी गरी टि—सर्ट वितरण गर्ने कार्य नाजायज भएको भन्दै ध्यान आकर्षण भएको जनाईएको छ । साथै गिरिफ्तार गरिएका विद्यार्थी नेताहरुलाई अबिलम्ब रिहा गर्न र उत्पन्न समस्यालाई सहज रुपमा सुल्झाउन पनि विज्ञप्तीमा भनिएको छ ।
विश्वविद्यालयले नवौं स्थापना दिवसका अवसरमा टि—सर्ट प्रायोजकका बहानामा मध्यपश्चिम विश्वविद्यालयसंग सम्बन्ध नै नभएका राजधानीका निजी कलेजको विज्ञापन गरेको भन्दै विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन् ।