हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज नजिकिदै गर्दा तीजका गीतहरु बजारमा आउने क्रम सुरु भएको छ । यसैक्रममा सुर्खेतका चर्चित नृत्य निर्देशक एवम् लोक गीत संकलक धर्मराज गिरीको टिपिकल लय शब्दमा गायिका पूर्णकला विसीको स्वरमा ‘काँकरीको अचार’ बोलको गीत बजारमा आएको छ। शंकर विसीको निर्देशनमा तयारी पारिएको गीतको भिडियोमा रीना थापा र आरुषी मगरको जोडदार नृत्य देख्न सकिन्छ।