काठमाडाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा आज पार्टीको पहिलो सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बराहीमा सुरू भएको हो ।
बैठकले पार्टीको सांगठनिक एकता एवम् केन्द्रीय सदस्यहरूको कार्यविभाजनको बाँकी काम सक्ने गरी छलफल गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा आज पहिलोपटक बैठक बसेको हो।
बैठक डाक्नुअघि प्रचण्डले आइतबार राष्ट्रपति पार्टी कार्यालय धुम्बाराहीमा बोलाइएको सो बैठकमा पार्टीको एकताका बाँकी काम टुंगो लगाउने कार्यसूची छ । टुंगो लागिसकेका कमिटीलाई सक्रिय बनाउने र जागरण अभियानको विषयमा समेत छलफल गरिने एजेन्डा राखिएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।
तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको १५ महिना बित्दा समेत अहिलेसम्म पोलिटव्युरो कमिटी, आयोग, मञ्च, प्रवास कमिटीसहित केही केन्द्रीय सदस्यहरूको कार्यविभाजन टुंगो अझै लागेको छैन ।
उपचारका लागि सिंगापुर जानुअघि अर्का अध्यक्ष ओलीले आफ्नो अनुपस्थितिमा बैठक बोलाउने लगायतका कार्यकारी जिम्मेवारी प्रचण्डलाई दिएका थिए । न्युज २४ नेपाल बाट