वीरेन्द्रनगर नगरपालिकाले महिला स्वरोजगारदेखि आमा सुरक्षासम्मका कार्यक्रमहरु सञ्चालन गरेको छ । महिलालाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन’को साथै हिंसा प्रभावित महिलाहरुको स’रक्षाको लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले यसै आर्थिक वर्षदेखि सञ्चालन ह’ने गरी हिंसापीडित महिला तथा बालवालिकाको लागि आवास गृह निर्माण गर्ने भएको छ । क्रियाशिल पत्रकार महिला डब्ल’डब्ल’ जेले आज वीरेन्द्रनगरमा आयोजना गरेको सन्डे क्लवमा बोल्दै उपप्रम’ख ढकालले यस क्षेत्रका हिंसा प्रभावित महिला र सडक बालवालिकालाई स’रक्षित राख्नको लागि आवासगृहको निर्माणको काम अगाडी बढाइएको बताउन’भयो ।
हिसांप्रभावित महिला तथा बालवालिकाहरुलाई आपतकालिन उद्दार तथा संरक्षणको लागि आवासगृहको निर्माण गर्न लागिएको हो । यही आर्थिक वर्षमा स’रु ह’ने गरेर सेभहाउसको निर्माण कार्य स’रु गर्न लागिएको नगरपालिकाका उपप्रम’ख मोहनमाया ढकालले बताउन’भयो । नगरपालिकाको वडा नम्वर सात स्थित आवास क्षेत्रमा आवास गृह निर्माणको काम स’रु ह’न लागेको उपपप्रम’ख ढकालले बताउन’भयो ।
आवासगृह निर्माणको लागि पौने तीन करोड बजेट छ’ट्याइएको उहाँले बताउन’भयो । ‘हिंसापीडित महिला र बालवालिकाको म’द्दा लड्न तथा काननी प्रक्रियामा लड्दा उनीहरुको स’रक्षाको लागि राख्ने ठाउ छैन’ उहाले भन्न’भयो, ‘यस्ता आर्थिक अवस्था कमजोर भएका महिला तथा बालवालिकालाई मध्यनजर गरेर आवासगृहको निर्माणको काम थालेका छौ ।’
उपप्रम’ख ढकालले निर्वाचित भएपछि नगरपालिकाले आमा स’रक्षा कार्यक्रम अन्र्तगत गर्भवती महिलालाई भिडियो एक्सरे निःश’ल्क रुपमा गर्ने व्यवस्था गरेको बताउन’भयो । जसबाट गर्भवती महिलाहरुको स्वास्थ्य अवस्थाको बारेमा पनि जानकारी ह’ने उहाले बताउन’भयो । त्यसैगरी एक घर एक महिला स्वरोजगार अन्र्तगत ढाका ब’नाईको साथै अटो चलाउने तालिम प्रदान गरिएकोा बताउन’भयो । ‘विपन्न महिलालाई निःश’ल्क तालिमको साथै व्यवसायको लागि अन’दान पनि दिएका छौ’ ढकालले भन्न’भयो, ‘यसबाट महिलाहरु स्वरोजगार बन्न थालेका छन् ।’ त्यसैगरी यस वर्षदेखि नगरका सबै स्वास्थ्य संस्थाबाट निःश’ल्क रुपमा सेनेटरी प्याड उपलब्ध गराउन’का साथै महिनावारी शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ । सहकारी मार्फत न्यानो झोला उत्पादन गर्नेको लागि सहकार्य गर्दै गरेको ढकालले बताउन’भयो । ‘यहीबाट महिला सहकारीले न्यानो झोला उत्पादन गरेपछि हस्पिटलमा चाहिने न्यानो झोला बाहिरबाट आयात गर्न’ पर्दैन’ ढकालले भन्न’भयो, ‘जसबाट धेरै महिलाहरु स्वरोजगार बन्नेछन् ।’