पछिल्लो समय गीत संगीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल चर्चित युवा गायक तथा मोडल गणेश साउद जि. सि को ‘४जि को स्पीड’ बोलको गित सार्बजनिक भएको छ ।
गितमा गणेश साउद जिसीको आवाज रहेको छ भने युवा र्यापर कार्की जि को र्याप पनि समेटिएको छ । सुमन के. सि को संगीत संयोजन रहेको उत्त गितमा शब्द ,संगीत भने जिसिको नै रहेको छ। साथै भिडियोमा करिश्मा ढकाल, गणेश साउद जि सि र र्यापर कार्की जि को अभिनय पनि देख्न सकिन्छ , बिक्रम चौहानको निर्देशन तथा कोरियोग्रीफ रहेको छ भने भिडियो लाई मिलन बिस्वकर्मालेसम्पादन र नरेश ऐरको छायांकन गरेका हुन् । । जि सि ले यस अघि पनि आम दर्शक, श्रोता माझ थुप्रै म्युजिक भिडियो बजारमा ल्याई सकेका छन् ।