
राज देवकोटा/ सुर्खेत
आज नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को ५१ औँ वर्षमा प्रवेश गरेको छ । पञ्चायती व्यवस्था सुरु भएपछि कांग्रेसका विद्यार्थी नेताहरू संगठित हुँदै ०२७ सालमा नेविसंघ स्थापना गरेका थिए । विपिन कोइरालाले मार्सलजुलुम शाक्यलाई एक मतले पराजित गरेर पहिलो सभापति भएको आज आधा शताब्दी पुरा भएको छ । यद्यपी, राणाकालीन समयमा नेपाली जनताका छोराछोरीलाई शिक्षा ग्रहण गर्न निषेध गरिएको अवस्थामा संगठित तथा असंगठित रुपमा २००७ सालको क्रान्ति अगाडि नै नेपालमा विद्यार्थी आन्दोलनको सुरुवात भईसकेको थियो । निरंकुश राणाशासनको अन्त्य गरी नेपालमा प्रजातन्त्रको पुनर्वहाली सहित स्वतन्त्रता र समानता कायम गर्न तिनै विद्यार्थी आन्दोलनले पनि मुख्य भुमिका निर्वाह गरेका थिए ।
निरंकुश जहानियाँ राणाशासनले नेपाली जनतामाथि गरेको अन्याय र अत्याचारका विरुद्ध संघर्ष गरी जनताका छोराछोरीलाई पनि शिक्षाको हक प्रदान गर्ने उद्देश्यका साथ वि.सं. १९९१ मा भारतको बनारसमा अध्ययनरत नेपालीहरुले प्रजातन्त्रको स्थापना गर्ने उद्देश्यका साथ नेपाली छात्र संघको स्थापना गरेको सबैलाई अवगत छ । त्यस्तै वि.सं. २००४ सालमा तीनधारा संस्कृत पाठशालाका विद्यार्थीहरुले पाठ्यक्रममा आधुनिक विषयहरु थप गर्नुपर्ने माग सहित गरेको ‘जयन्तु संस्कृतम’ आन्दोलन नेपालको शैक्षिक आन्दोलनको पहिलो खुड्किलोका रुपमा हामीले मान्दै आएका छौँ । तिनै विद्यार्थी र काँग्रेसको अगुवाईमा भएको कठिन संघर्षले २००७ सालमा नेपालमा पहिलोपटक प्रजातन्त्रको उदय गराएको स्मरण हामी गर्वका साथ गर्छौँ ।
गाउँबाट सुन्दर भविष्य झोलामा बोकेर आएका ति विद्यार्थी नेतृत्वका पछाडि लाग्दै सार्वजनिक सम्पत्ति तोडफोड गर्दै शैक्षिक संघर्षका नाममा ठूला विद्यार्थी नेता भनाउँदाहरुको झोले बनेर हिँड्नुपरिरहेको छ । आफूसँगै हजारौँ विद्यार्थीका सपनाहरुलाई कुल्चिएर नेतृत्वका लागि लडाईँ लड्नेहरु नै राजनीतिका नाममा वली चढेका उदाहरण हाम्रासामू प्रशस्तै छन् ।
प्रजातन्त्रको उदय भएपश्चात् पहिलोपटक सम्पन्न भएको आमनिर्वाचन २०१५ मा काँग्रेसले दुईतिहाई बहुमत प्राप्त गरी वीपी कोइरालाको नेतृत्वमा सरकार गठन गर्न सफल भयो । जनहितका पक्षमा गरेका यीनै कामहरुबाट तत्कालिन राजा महेन्द्र विचलित भर्ई २०१७ सालमा राजनीतिक ‘कू’ गरी दलीय प्रतिबन्ध सहितको पञ्चायति शासन व्यवस्था लागू गरेपछि नेपालमा फेरी अस्थिरताको प्रारम्भ भयो । राजाको यस्तो कदमका विरुद्ध एकजुट हुँदै विद्यार्थीहरुले विभिन्न आन्दोलनका कार्यक्रमहरु अगाडि बढाए । फलस्वरुप दुई सय विद्यार्थी प्रतिनिधी जम्मा गरी स्वयम्भूको जंगलमा काँग्रेस संस्थापक नेता एवं पूर्वप्रधानमन्त्री स्वर्गिय कृष्णप्रसाद भट्टराईको अगुवाईमा २०२७ साल वैशाख ६ गते आजकै दिन विपिन कोइरालाको नेतृत्वमा नेविसंघको स्थापना गरिएको अनमोल इतिहास हाम्रासामु जिवित छ ।
वि.सं. २०२८ सालमा नयाँ शिक्षा नीतिको नाममा पञ्चायतले लागू गरेको तत्कालिन राजपरिवार र पञ्चायतको स्तुति गाउने शिक्षा नीतिका विरुद्धको आन्दोलन, २०३६ सालमा स्ववियू स्थापनाको आन्दोलन, २०३६ सालकै जनमतसंग्रह, २०४६ सालको जनआन्दोलन र २०६२÷०६३ सालको ऐतिहासिक जनआन्दोलन लगायतका संघर्षहरुमा नेविसंघले नेतृत्वदायी भूमिका निर्वाह गरिसकेको ईतिहास हाम्रासामु जिवितै छ ।
विद्यार्थीको भविष्य धरापमा पर्दै
सुनौलो ईतिहास कोर्दै स्थापना भएको नेविसंघको शाख विस्तारै गुम्दै गएको छ । हातमा ठेला उठाएर दिनभरी मजुदुरी गरी कमाएको पैसा छोरा–छोरीको भविष्य सिंगार्न विभिन्न शैक्षिक संस्थामा खन्याएका आमाबुवाको सपना तुहिँदै गएको छ । आफ्नो बिहान बेलुकीको गास कटाएर खुत्रुकेमा छोरा छोरीका लागि सुन्दर सपना सजाउँदै जम्मा गरेको पसिनाको मुल्य कालो राजनीतिका कारण विलय हुन थालेको छ । गाउँबाट सुन्दर भविष्य झोलामा बोकेर आएका ति विद्यार्थी नेतृत्वका पछाडि लाग्दै सार्वजनिक सम्पत्ति तोडफोड गर्दै शैक्षिक संघर्षका नाममा ठूला विद्यार्थी नेता भनाउँदाहरुको झोले बनेर हिँड्नुपरिरहेको छ । आफूसँगै हजारौँ विद्यार्थीका सपनाहरुलाई कुल्चिएर नेतृत्वका लागि लडाईँ लड्नेहरु नै राजनीतिका नाममा वली चढेका उदाहरण हाम्रासामू प्रशस्तै छन् । विद्यार्थीको शैक्षिक भविष्य धरापमा पारी राजनीतिक लडाईँ लडिरहेकाहरुका कारण नेविसंघप्रति विद्यार्थीको भरोसा घट्दै गएको छ । बलियो इतिहास भजाएर खोक्रो राजनीति गर्नेहरुका कारण लाखौँ विद्यार्थीको शैक्षिक संघर्ष सडकमा टायर बाल्नु र सार्वजनिक सवारीमा ढुंगामुढा गर्नुमा नै सिमीत भएको छ ।
आजभन्दा ५० वर्ष भन्दा अगाडि काँग्रेसको नीति, विचार र सिद्धान्तलाई आत्मसाथ गर्दै राष्ट्रियता, प्रजातन्त्र, समाजवाद र विद्यार्थी एकता लाई आफ्नो आदर्श बनाउने निष्कर्षमा पुगी साझा शैक्षिक सवालको बारेमा छलफल गर्ने र समयसापेक्ष वैज्ञानिक तथा व्यवहारिक शिक्षा लागू गराउने सन्दर्भमा राज्यलाई दबाब दिने मुख्य उद्देश्यका साथ स्थापना भएको नेविसंघको अस्तित्व नै धरापमा पर्न गएको छ । विद्यार्थीको शैक्षिक हक स्थापित गर्नका निम्ती भन्दा पनि नेतृत्व पचाउने दाउमा हिँडेका अग्रजहरुका कारण विद्यार्थीको भविष्य अन्धकारतर्फ धकेलिँदैछ । नेविसंघमा भईरहेका पछिल्ला गतिविधिका कारण विद्यार्थीहरुले आफ्नो संगठन भनेर गर्व भन्दा पनि लज्जित महसुस गर्ने बेला भएको छ ।
शैक्षिक हकका निम्ती वकालत गर्न कठिन संघर्ष गरेका हाम्रा इतिहासकारहरुले हामीलाई धिक्कार्ने बेला आएको छ । विद्यार्थी संगठन त त्यो हो, जस्ले शैक्षिक हक स्थापितका निम्ती ठोस एजेण्डा बोकी तिनै एजेण्डामा रही वकालत गरी राज्यलाई घच्घच्याउनु हो । विद्यार्थी संगठन त त्यो हो, जसको आड र भरोसामा निमुखा बुवा आमाले छोरा छोरीका निम्ती देखेका सपना साकार पार्न मेरुदण्डको काम गरोस् । पछिल्लो समय नेविसंघ शैक्षिक नीति सुर्धानका लागि भन्दा पनि शक्ति र पैसाको लागि लडिरहेको भान आम विद्यार्थीहरुले गर्न थालेका छन् । नेविसंघ विद्यार्थीको भविष्यका लागि भन्दा पनि आफ्नो माउ पार्टी कांग्रेसलाई सत्तामा पु¥याउनका लागि संघर्ष गरिरहेको जस्तो महसुस हुन थालेको छ ।
अबको बाटो
अहिले नेविसंघ हिँडेको बाटोबाट विद्यार्थीले आफ्नो भविष्य भेट्न सक्दैनन् । अब नेविसंघले विद्यार्थीको सुन्दर भविष्य र शैक्षिक बजारमा प्रतिस्पर्धा गर्न सक्ने शिक्षा प्रणालीका लागि लड्न जरुरी छ । सत्ता, शक्ति र पैसाको लागि नभई गुणस्तरीय शिक्षाका लागि ठोस एजेण्डा लिएर सत्ता, शक्ति र पैसाको लागि नभई गुणस्तरीय शिक्षाका लागि ठोस एजेण्डा लिएर अगाडि बढ्नुपर्ने देखिन्छ । नेविसंघको गौरवमय ईतिहासको अस्तित्वलाई मेटिन नदिई संस्थापकहरुले देखाएको बाटोतपर्फ अघि बढे नेविसंघ साँच्चिकै विद्यार्थीहरुको संगठन हुनेछ । नेविसंघ कांग्रेस कार्यकर्ताहरुको संगठन नभई गरिब, निमुखा र सिमान्तकृत वर्गका छोराछोरीको शैक्षिक भविष्य खोज्ने गन्तव्य बनोस् मेरो कामना छ । अबका दिनमा नेविसंघको नेतृत्व चयनमा लडाईँ नहोस्, विधानबमोजिम प्रत्येक दुई वर्षमा नयाँ नेतृत्व चुन्न कन्जुस्याईँ पटक्कै नगरोस् । नेविसंघको ५१औँ स्थापना दिवसको अवसरमा आम नेपाली विद्यार्थीले गर्व गर्न लायक संगठन बनोस् शुभकामना छ ।