
कोरोना भाइरस (कोभिड-१९) महामारीको रुपमा फैलिएपछी बिश्व ठ्प्प बनिरहेको छ । तर महामारी सकटका बेला पनि अहोरात्र खटिने स्वास्थ्यकर्मी , सुरक्षाकर्मी र सन्चारकर्मीहरु प्रती समर्पित रास्ट्रप्रेमले भरिएको सन्देशमुलक आधुनिक गीत “मेरो पनि घर छ” श्रीनाथ फिल्मसले सार्वजनिक गरेको छ ।
कोरोना भाइरसको माहामारी फैलिएका बेला देश र जनताका लागि ज्यान जोखिममा राख्दै रातदिन,भोक-निन्द्रा नभनी सेवामा लागिपरेका स्वास्थकर्मी,सुरक्षाकर्मी र सन्चारकर्मिहरु प्रती समर्पित गर्दै भिडियो तयार गरिएको छ ।
सुर्खेती कलाकार तथा पत्रकार निर्मल प्याकुरेलको लय ,शब्द तथा निर्देशनमामा बनेको गितमा कविराज गिरीको स्वर रहेको छ भने गीतको एरेन्ज हिमाल थापा मगरले गरेका छ्न ।
भिडियोमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा पत्रकारहरुसंगै वरिष्ठ कलाकार प्रेमदेव गिरी, चर्चित संचारकर्मी रवि लामिछाने, चर्चित नायक धिरेन शाक्य, वरिष्ठ कलाकार सुनिल थापा, वरिष्ठ रंगकर्मी द्वय बिरेन्द्र हमाल र गणेश गौतम, वरिष्ठ द्वन्द निर्देशक राजेन्द्र खड्गी, कलाकार कमलकान्त मैनाली, निर्देशक तथा छांयाकार राजु के सि, बिष्णु सापकोटा (हर्के हवल्दार), निर्मल शर्मा(गैडा), चिन्तामणी कंडेल, रेशम प्याकुरेल, घनश्याम गौतम, नन्दा बस्याल, नायक गजित बिष्ट, प्रेम शर्मा, नृत्य निर्देशक कुलमान नेपाली रहेका छ्न ।