एक्स्पर्ट एजुकेशन एण्ड भिजा सर्विसेज प्रालीले अक्सिजन कन्सन्ट्रेटर मेसिन प्रदेश अस्पताल सुर्खेतलाई हस्तान्तरण गरेको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि अस्पताललाई स्वास्थ सामाग्री कन्सन्ट्रेटर हस्तान्तरण गरिएको हो ।
एक्स्पर्ट एजुकेशन एण्ड भिजा सर्विसेज प्रालीले सातै प्रदेशमा रहेका सरकारी अस्पतालहरुलाई ५० वटा अक्सिजन कन्सल्ट्रेटर वितरण गर्ने अभियान अन्तर्गत प्रदेश अस्पताल सुर्खेतमा कन्सन्ट्रेटर मेसिन हस्तान्तरण गरिएको हो । विश्वव्यापी महामारीका रूपमा फैलिएको दोस्रो भेरियन्टको कोरोना भाइरसबाट सङ्क्रमितलाई अक्सिजनको अभाव हुन नदिन सामग्री हस्तान्तरण गरिएको अभियन्ता सुनिल खड्काले बताए ।
सामग्री ग्रहणपछि अस्पतालका निर्देशक डा.डम्बर खड्काले अस्पतालमा उपचारमा रहेका बिरामीका लागि सहजता थपिएको बताए । उनले स्वास्थ सामग्रीको सदुपयोग गरिने समेत बताए । एक्स्पर्ट एजुकेशन एण्ड भिजा सर्विसेज प्रालीले उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया, युके र क्यानडामा रहेका विभिन्न कलेजहरूसँग समन्वय गर्दै विगत १९ वर्षदेखि काम गर्दै आईरहको छ ।