नेपाल क्रेडिट एन्ड कमर्स बैंक लिमिटेड सुर्खेतले उद्योग बाणिज्य संघ सुर्खेतका नब निर्बाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । बधाई तथा शुभकामना कार्यक्रममा बैकका प्रदेश प्रमुख चेतकान्त जैशी बन्जाडेले हाल देखिएको तरलताको समस्या समाधानका लागि निजि क्षेत्र र बैंकले हातेमालो गर्दै अघि बढ्नु आग्रह गरे । उनले ,अहिले आर्थिक तरलताको स्थिति भए पनि आर्थिक संकट भने नरहेको बताए । यस्तै कार्यक्रममा उद्योग बाणिज्य संघ सुर्खेतका अध्यक्ष लक्ष्मण कडेलले निजि क्षेत्र र बैकहरुले सहकर्य गर्नुपर्ने कुरामा जोड दिए । कार्यक्रममा बैकका ब्रान्च म्यानेजर निरन्जन कुमार ज्ञवाली प्रदेश र शाखाका कर्मचारी लगायत संघका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।