विगत केही वर्षदेखी काठमाडौं विश्वविद्यालय (केयू) ले सातवटै प्रदेशमा सामाजिक,आर्थिक,राजनैतिक ,स्वास्थय लगाएतका विषयमा सर्वेक्षण गदै आईरहेको छ । विश्वविध्यालले सोही अन्तरर्गत यो वर्षपनि सर्वेक्षण गर्ने तालिका अनुसार कर्णाली प्रदेशका विभिन्न ठाउँहरुमा देशको समग्र अवस्थाप्रति जनधारणा, सुरक्षा र विवाद समाधान, पहिचान र सामाजिक सम्बन्ध, शासन र राजनीतिमा सहभागिता , आर्थिक दृष्टिकोण र सूचनामा पहुँचबारे जनमत लिन सुरु गरेको हो ।
विश्वविद्यालयले नेपाल तथा विदेशका अनुसन्धानकर्ताहरुसंग हातेमालो गर्दै समाज विज्ञानमा चासो राख्ने विधार्थीहरुलाई अवसर दिने उदेश्य सहित कर्णाली प्रदेशका विभिन्न ठाउहरुमा रहेका घरधुरीमा सर्वेक्षण सुरु गरेको वताएको छ । समाज विज्ञानका विविध आयाममा अब्बल बनाउने प्रयास स्वरुप देशको बदलिँदो अवस्था र परिवर्तनका बारेमा जनताको धारणा बुझ्नका लागि काठमाडौं विश्वविद्यालय, स्कुल अफ आर्टसले इन्टरडिस्प्लिनरी एनालिस्टस् (आईडीए) र दि एसिया फाउन्डेशनसँग मिलेर सर्वेक्षण सुरु गरिएको विश्वविद्यालयका प्रवक्ता डा.उद्धब प्याकुरेलले बताए । उनले जनताको अवस्था, बिचार र प्राथमिकताको बारेमा सरकारलाई सचेत वनाउदै , शासन तथा सेवा प्रवाहमा सुधार गर्न मद्दत पुयाउने विश्वविधालयको उदेश्य रहेको बताए । प्याकुरेलले नमुना छनोट विधिका आधारमा कतिपय प्रश्नमा एकल र धेरैमा बहुउत्तरको अपेक्षासाथ गरिने सर्वेक्षणमा ९३ जना सर्वेक्षकले यस वर्षको जनमत सर्वेक्षण गरीरहेको वताए ।
बहु चरणको नमुना विधी र प्रतिनिधिमुलक नमूनामा आधारित भई राष्ट्रिय स्तरमा देशका सातैओटा प्रदेशका मनाङ्घ बाहेकका ७६ जिल्लाका ५ सय ८८ वडाका ७ हजार ६० जना नेपाली जनतामाझ पुगेर यो काम सम्पन्न हुने प्याकुरेलले बताए । उनले यस्तै प्रकारको सर्वेक्षण फेब्रुअरी–मार्च, २०२० मा सम्पन्न भएको र नोभेल कोरोना भाइरस (कोभिड—१९ ) को वेभले गर्दा नियमितता दिन नसकेको भएपनि पुन यो वर्षदेखी सर्वेक्षण सुरु गरिएको वताए ।
अब्बल बन्दै काठमाडौँ विश्वविद्यालय
काठमाडौं विश्वविद्यालय ऐन, २०४८ अन्तर्गत आज भन्दा ३१ बर्ष अगाडि सन् १९९१ मा स्थापना भएको काठमाडौं विश्वविद्यालयले स्कुल अफ साइन्सबाट इन्टरमेडियट अफ साइन्सको एक शैक्षिक कार्यक्रम सुरु गरेको छ । हाल विभिन्न ७ वटा स्कुलहरू — स्कुल अफ साइन्स, स्कुल अफ म्यानेजमेन्ट, स्कुल अफ इन्जिनियरिङ, स्कुल अफ मेडिकल साइन्सेज, स्कुल अफ एजुकेसन, स्कुल अफ आटर््स र स्कुल अफ ल अन्तर्गत विज्ञान, व्यवस्थापन, इन्जिनियरिङ, स्वास्थ्य, शिक्षा, कला र कानुन गरी २०० भन्दा बढि विषयमा शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको छ । बजारको मागअनुरूपको प्राविधिक तथा पेसागत कार्यक्रमहरू सञ्चालन गर्ने क्रममा स्नातक एग्रिकल्चर साईन्स, स्नातक, स्नातकोत्तर ईन आरटिफेसिएल इन्जिनियरिङ, मास्टर ईन अरविन क्यूमरीज, मास्टर ईन मिडिया क्यूमरीज, मास्टर ईन फाईन आर्ट, ब्याच्लर अफ एजुकेसन ईन टेक्निलक लगायतका नयाँ कार्यक्रम थपेर विद्यार्थीका लागि नयाँ आकर्षण थपेको छ ।
२७ वटा दिक्षान्त कार्यक्रम मार्फत ३८३३९ विद्यार्थी दिक्षित गरिसकेको यस विश्वविद्यालयका दिक्षित मध्ये झण्डै १३ प्रतिशत विद्यार्थी विदेशी रहेको देखिन्छ । हालसम्म दक्षिण एशियाका देशहरु बाहेक अमेरिका, क्यानाडा, बेलायत, जर्मनी, नर्बे, रसिया सहित ५१ देशका विद्यार्थी त्यस विश्वविधालयबाट दिक्षीत भएका छन् ।
विदेशि विद्यार्थी मध्ये नेपाल भन्दा धेरै टाढा रहेका जाम्बिया, दक्षिण अफ्रिकाका जस्ता देशबाट पनि दर्जन बढि विद्यार्थीले काठमाण्डाँै विश्वविधालयलाई आफ्नो उच्च शिक्षाको गन्तब्य छानेका देखिन्छन् । कारण नेपालले चाहँदा अन्तराष्ट्रिय विद्यार्थीहरुको आकर्षक गन्तब्य रहने देखिएको र त्यसका लागि काठमाण्डौ विश्वविद्यालयले थप पहल शुरु गरेको काठमाण्डौ विश्वविद्यालयका अधिकारिहरु बताउँछन् ।
विश्वका विभिन्न पुराना र अब्बल विश्वविद्यालयको सहकार्यमा रहेर शुरुवाती दिनदेखि नै आफ्ना कार्यक्रममा नयाँ आयाम दिदै आफ्नो उचाई लिन सफल भएको यस विश्वविद्यालयसंग विश्वका ३३ देशका २३५ शैक्षिक संस्थाले सहकार्यका लागि हात बढाएका छन् । केहि समय अघि भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणका अबसरमा केयुले दुई प्रधानमन्त्रीको रोहवरमा मद्रास स्थित आइआइटीसंग उर्जा साइन्स विषयमा एमइ कार्यक्रम संचालनकालागि सम्झौता पत्रमा हस्ताक्षर गरेका थियो भने त्यसको लगत्तै हैदराबादस्थित दुई शैक्षिक संस्थान भारतीय प्रागौधिक सस्थान ९आइआइटी० र अंतर्राष्ट्रीय सूचना प्रौद्योगिकी संस्थान ९आइआईआइटी० संग मेडिकल टेक्लोलाजी विषयमा सयुक्त रुपमा अध्यापन र अनुसन्धान लगायत अन्य सहकार्यको ढोका खालेको थियो ।
अष्टेलियाको वयस्टन सिन्डी यूनिभर्षिटी सगंको विद्यार्थी आदान प्रदान सम्वन्धि सहमति, फिनल्याण्ड, नर्बे तथा जर्मनी लगायतका विश्वविद्यालयसंग यस्तै कार्यक्रममा निरन्ततरताका सहमति आदिले काठमाडौं विश्वविद्यालयमा पढ्ने अधिकांशका लागि विदेशका विद्यालयमा गएर केहि सिक्ने मौका पनि बारम्बार मिल्ने विश्वविद्यालयले बताएको छ ।