सुर्खेत, ५ असार ।
अरनिको बोर्डिङ्ग स्कुलको बसले ठक्कर दिँदा गम्भीर घाइते भएका बालकको उपचारको क्रममा मृत्यु भएको छ । वीरेन्द्रनगरको चनौटेबाट–ईत्रामको शंकरचौक तर्फ विद्यार्थी पु¥याएर आईरहेको लु १ ख ९२२२ नम्बरको बसले वीरेन्द्रनगर–७ इत्रामका मुकेश विकलाई ठक्कर दिएको थियो ।
घाइते विकलाई मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल कालागाउँमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी मोहन आचार्यले जानकारी दिएका छन् । घटना लगत्तै फरार रहेका सवारी चालकको खोजी कार्य भइरहेको र बसलाई प्रहरीले नियन्त्रणमा लिएको एसपि आचार्यको भनाई छ ।