देउतीखवर संवाददाता ,असोज २३ सुर्खेत ।
चालक अनुमतिपत्र नलिएर अटो रिक्सा संचालन गर्नेलाई कार्वाही गरिने भएको छ । सोमवार वीरेन्द्रनगरमा वसेको सवारी दुर्घटना न्युनिकरण तथा रोकथाम र सडक सुरक्षा वैठकले वीरेन्द्रनगरमा संचालन भैरहेका अटो रिक्सा चाकलको अनिवार्य अनुमति पत्र हुनुपर्ने निर्णय गरेको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेत , अटो व्यवसायीहरु र जिल्ला प्रहरी कार्यालय विच भएको वैठकको निर्णय अनुसार चालक अनुमतीपत्र नभएका चालकले अटो रिक्सा चलाउन नपाउने भएका हुन । बैठकले रातो नम्बर प्लेट र नम्वर प्लेट नराखी संचालनमा रहेका अटो रिक्साहरु पनि संचालन गर्न नपाईने निर्णय गरेको हो । यस्तै अटो रिक्साहरुले क्षमता भन्दा वढि यात्रु वोकी संचालन गरेको पाईएमा कानुन वमोजिम कडा कार्वाही गरिने भएको छ । यसका साथै बैठकले सुर्खेत उपत्यका भित्रका कपासे, धुलियाविट, बांगेसिमल वाहेक भ्याली भन्दा बाहिर अटो रिक्सा चलाउन नपाइने निर्णय गरेको छ ।
वैठकमा जिल्ला प्रहरी कार्यालय सुर्खतका प्रमुख मोहनलाल आचार्य, ट्राफिक प्रहरी प्रमुख कवि सेन्चुरी, ६ प्रदेश अटो व्यवसायी संघका अध्यक्ष रामबहादुर विक, सिद्धपाइला यातायत सेवा प्राली का अध्यक्ष पदम बन, सुर्खेत अटो रिक्सा यातायात प्राली का अध्यक्ष रोमन मगर लगायतको सहभागितामा रहेको थियो ।
यता जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख कवि सेन्चुरीले अनुमति पत्र नभएका सवारी चालकले अटो रिक्सा संचालन गरेको पाईएमा कडा कार्वाही गरिने वताए । उनले भने, सुर्खेतमा अव्वस्थित रुपमा अटो रिक्सा संचालन भएकाले यस्को व्यवस्थापन गर्न सवैको सहकार्य आवश्यक रहेको वताए । पूर्ण रुपमा ट्राफिक नियम पालना नहुदा दुर्घटनाको उच्च जोखिम रहेकाले कडाई गर्न लागिएको उनले वताए ।