सुर्खेत
आसन्न मंसिर २१ गतेहुने निर्बाचनलार्इ नेपाली काँग्रेसले चुनाबी प्रचार प्रसारलार्इ तिब्रता दिएको छ।
पुर्बी सुर्खेतका विभिन्न ठाँउमा भएको कार्यक्रममा अनेरास्ववियु जिल्ला कार्य समिति सुर्खेतका सदस्य तथा सिम्ताली दलित एकता समजका अध्यक्ष खिमराज सोनी सिम्ता गाउँपालिका ४ बजेडिचौर नेकपा एमाले बाट निर्वाचित खुल्ला महिला सदस्य लक्ष्मि बिक सहित सिम्ताका ३० जनाले नेपाली काँग्रेसमा प्रबेश गरेका छन।
अध्यक्ष सोनीले बामपन्थीहरुले देशको विकास गर्न नसक्ने भन्दै अवको विकासको लागी काँग्रेसनै रोजेको बताउनु भयो।
उहाँले अहिले भएको बामगठबन्धन सत्तास्वार्थभएको भन्दै यो गरिब,दलित,जनजातिहरुको लागीनभएको बताउनुभयो।
उहाँले अहिले देशले विकास र समृद्घि चाहेको भन्दै बामगठबन्धन विकास त्यसको विपरित हिडेकाले आफु नेपाली काँग्रेसमा आएको बताउनुभयो।
उहाँले आफुसहित ३ सय भन्दा धेरै सिम्ताका पछाडी पारीएका दलित,जनजातिहरु काँग्रेसमा आएको दाबी गर्नुभयो।
कार्यक्रममा सुर्खेत क्षेत्र नं. १ बाट उम्मेदवार रहनुभएका नेपाली काँग्रेसका केन्द्रीय सदस्य पूर्णबहादुर खड्काले २०७० सालमा काँग्रेसले संविधान जारी गर्नका लागि दिएको बचन पूरा गरेको बताउनु भएको छ।
२०७० सालको निर्वाचनमा संविधानको लागि दिएको वचन काँग्रेसकै नेतृत्वमा संविधान जारी भएर पूरा भएको बताउँदै उनले अबको निर्वाचनमा जनताले अफूलाइ विजयी गराएमा त्यसैगरी वचन पूरा गर्ने विश्वास व्यक्त गर्नुभयो।
आफ्नो चुनावी कार्यक्रमअन्तर्गत सुर्खेतको बजेडीचौरस्थित देउली र बजेडिचौरमा भएको चुनावी सभालाइ सम्बोधन गर्दै पूर्व गृहमन्त्री समेत रहनुभएका खड्काले जनताकै विश्वासका कारण अघिल्लो निर्वाचनमा निर्वाचित भइक आफूले त्यो विश्वास टुट्न नदिएकोले अब पनि आफूलाई जनताले निर्वाचित् गर्नेमा विश्वस्त रहेको बताउनुभयो।
उहाँले अहिले भैरहेका विकास निर्माणका कार्यहरु पूरा गर्दै जनताका आवश्यकता अनुसारका नयाँनयाँ विकासका कामहरु गर्दै जाने बताउनुभयो।
यो निर्वाचनमा पनि आफू विजयी भएमा जनताका लागि अत्यावश्यक मानिएका सडक, सञ्चार, विद्युत, सिँचाइ, खाने पानीलगायतका विकास निर्माणका कामहरुलाई प्राथमिकता दिँदै जनताको आर्थिक समृद्धिमा टेवा पु¥याउन आफूले महत्वपूर्ण भूमिका खेल्ने समेत विश्वास व्यक्त गर्नुभयो।
नेपाली काँग्रेस गाउँ कार्य समिति बजेडीचौरका सभापति अशोक केसीको सभापतित्वमा भएको कार्यक्रममा स्थानीय नेता तथा कार्यकर्ताहरुको समेत सहभागिता रहेको थियो ।