सुर्खेत जिल्लामा दोस्रो पटक सञ्चालन भएको जिल्ला विधालय स्तरीय आधारभुत र माध्यमिक तहका छात्र छात्रा ह्याण्डबल प्रतियोगीतामा माध्यमिक तहको प्रथम उपाधि आदर्शराज माध्यमिक विधालयले हात पारेको छ ।
यस्तै एसओएस हर्मन माईनर विधालयले दोस्रो र शिव माध्यमिक विधालय लाटिकोईलीले हात पारेको छ ।
यता माध्यमिक तहकै छात्रा तर्फ प्रथम उपाधि एसओस हर्मन माईनर विधालय, दोस्रो उपाधि पब्लिक एकेडेमी र तेस्रो उपाधि जन माध्यमिक विधालयले हात पारेको छ ।
यस्तै आधारभुत तहमा भएको छात्र तर्फको खेलमा सैनिक आवासिय माध्यमिक विधालयले प्रथम, आदर्शराज माध्यमिक विधालयले द्धितिय र तेस्रो एसओएस हर्मन माईनर विधालयले उपाधि हात पारेको हो ।
यस्तै आदर्शराज माध्यमिक विधालयका केशब बिस्टले उत्कृष्ट गोलकर्ताको उपाधि पाएका छन् । पुरस्कार वितरण कार्यक्रम वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । रंगशाला अगाडिको खुल्ला चौरमा सञ्चालन भएको प्रतियोगीता जिल्ला ह्याण्डबल संघले जिल्लामा दोस्रो पटक आयोजना गरेको हो ।