सुर्खेत, १९ जेठ ।
सुर्खेत महिला जेसिजको आयोजनामा मम्स डान्स प्रतियोगिता शनिवार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । जेसिजको साताव्यापी कार्यक्रम अन्र्तगत उक्त प्रतियोगिता सम्पन्न गरिएको हो । आमाहरुको प्रतिभा प्रस्फुटनको लागि मम्स डान्स प्रतियोगिताको आयोजना गरिएको जेसिजले जनाएको छ । प्रतियोगितामा जिल्लाका ६ जना आमाहरुको सहभागिता रहेको थियो जसमा वीरेन्द्रनगरकी जानकी मगर उत्कृष्ट हासिल गर्न सफल भइन् ।
साताव्यापी कार्यक्रम अन्र्तगत श्लो स्कुटी प्रतियोगिता, छालाको हेरचाह, निःशुल्क दन्त परिक्षण, वृद्धाश्रममा फलफुल वितरणलगायतका कार्यक्रमहरु सम्पन्न गरिएको छ । प्रतियोगितामा उत्कृष्ट हुनेहरुलाई शनिवार पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको छ । जसअन्र्तगत श्लो स्कुटी प्रतियोगितामा धनु राम्जाली प्रथ, द्धितीयमा हेमा शाही र तुल्सी थापाले तृतीय स्थान प्राप्त गर्न सफल भएका छन् जसको संयोजन सुर्खेत महिला जेसिजका करुणा मल्लले गरेकी थिइन् ।
छालाको हेचाह कार्यक्रमको संयोजनलक्ष्मीम कार्की, दन्त परिक्षण कार्यक्रममा ज्ञानु गौतम, फलफल वितरण कार्यक्रममा नितिसा आचार्य, मम्स डान्स प्रतियोगितामा प्रमी शाक्य र सम्मान तथा समापन कार्यक्रमको संयोजन रश्मी शाक्यले गरेकी थिइन् ।
साताव्यापी कार्यक्रमको समापन कार्यक्रममा बोल्दै वर्ष २००५ का राष्टिय अध्यक्ष गेहेन्द्रप्रसाद दाहालले नेतृत्व र व्यक्तित्वको क्षेत्रमा जेसीजले प्रससनीय कामहरु गरेको भन्दै आगामी दिनहरुमा यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । कार्यक्रममा सुर्खेत महिला जेसीजका सस्थापक अध्यक्ष सीमा चन्द, वीरेन्द्रनगर जेसिज वर्ष २०१२ का अध्यक्ष भद्र भण्डारी, पत्रकार शुसिल शर्मा, सुर्खेत महिला जेसिज वर्ष २०१६ का अध्यक्ष प्रतिमा मल्लाहलगायतले आफ्ना भनाई राखेका थिए । सुर्खेत महिला जेसिजका अध्यक्ष कृति गुबाजु शाक्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन महासचिव सिया कार्की प्रधानले गरेकी थिइन् ।